वैदेशिक रोजगारीको नयाँ गन्तव्य

काठमाडौँ, ६ पुस :आफ्नो देशमा बढिरहेको कामदार अभाव हटाउन विदेशी श्रमिक ल्याउने योजना अघि सारेको जापान सरकारले मंगोलिया र नेपालको नाम पनि सूचिकरण गर्ने प्रस्ताव गरिएको बताइएको छ। त्यसमा नेपालको नाम पनि थप गरिने भएपछि धेरैभन्दा धेरै नेपाली कामदार जापान पठाउन सम्भावना देखिएको छ।

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्। कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात देशका श्रमिक भित्र्याउने निर्णय गरेको थियो।

अर्को हप्ता जापानको संसदबाट उक्त प्रस्ताव पारित भएपछि नेपालले रोजगारीको नयाँ गन्तव्य पाउन सक्ने ठानिएको छ।त्यसो भएमा नेपाल सरकारले जापानसँग आवश्यक सम्झौताहरू अगाडि बढाउन अनौपचारिक रूपमा छलफल तथा तयारी थालिसकेका छन्। त्यसनिम्ति कामदारहरूले भाषा परीक्षा र सीप परीक्षा पास गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड तोकेको छ।
त्यसैले अब हुने छलफलमा पनि सरकार

ले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन्छन्।

You can share this post!