चौतारी लघुवित्तको आई पि ओ बाँडफाँट

काठमाडौँ, २८ मङ्सिर : चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनालाई न्यूनतम दश कित्ता शेयर पर्ने गरि बांडफांड गरिएको छ ।

सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको छ । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाको हात रित्तै बनेको छ भने सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको छ ।

चौतारी लघुवित्तको साधारण शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ । उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख र साधारण शेयरको बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ ।

You can share this post!