२८ मङ्सिर : नेपालका बैंकहरुले बढाएको ब्याजदरसंगै नेपालको अर्थतन्त्र अलि असुरक्षित हुदै गइरहेका छन । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा छोटो समयमा नै निक्षेपमा घटबढ हुने भएकाले सिसिडी रेसियोलाई ८० प्रतिशतबाट माथि लैजाँदा निक्षेपकर्ताले माग्दा बैंकहरुले पैसा दिन नसक्ने अवस्थामा पुग्ने हुन्छ । यसरी बैंकरुसँग तरलताको अभाव भएमा राष्ट्र बैंकलाई गुहार्ने र राष्ट्र बैंकसँग पनि तरलता नभएमा आइएमएफ नै गुहानुपर्ने अवस्था नेपालमा सिर्जना हुन लागेकोले आइएमएफले समयमा नै सचेत गराएको पुर्ब गर्भनर क्षेत्री बताउँछन् । नेपालको बैंकहरु सुरक्षित क्षेत्रतर्फ आगाडी नबढेकोले आइएमएफ पनि नेपाललाई सहयोग गर्नको लागि तयार नहुने अवस्था आउन सक्ने उनको भनाई छ ।
अर्थमन्त्रालयले मुद्रा बजार तथा पुँजी बजारको समस्या समाधान गर्न गठन गरेको समितिले छलफल गरी रहेको विषयतर्फ संकेत गर्दै सिसिडिमा लचकता अपनाउनुन राम्रो नभएको बताएको छ । अर्थ मन्त्रालयलले गठन गरेको समितिलाई बैंकर्स संघले सिसिडि रेसियोको सिमा बढाउन सुझाब दिएको छ भने अन्य विभिन्न विज्ञहरुले पनि बैंकसँग भएको तरलतालाई सुरक्षित क्षेत्र हेरेर लगानी गर्दा राम्रो हुने बताईरहेका छन् । यसै विचमा आइएमएफले भने सिसिडि रेसियोलाई नचलाउन भनेको छ ।