सर्वसाधारणको लागि आईपिओ

नारच्याङस्थित घलेम्दीखोला आयोजित घलेम्दी हाइड्रोले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पाँच करोड ५० लाख रुपैयाँ बराबरको पाँच लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । सो क्रममा नबिकेको चार लाख ५५ हजार दुई सय २० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्यमा १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार सात सय ७० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

You can share this post!