प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स

पूँजीबजारको विकास र बिस्तारका लागि स्थानीय निकायमा समेत धितोपत्र दलाल सेवा संचालनका लागि अनुमतिको प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
वसायीमा हुने जोखिम न्यूनिकरण एवं देशमा संघीय संरचनाअनुसार प्रादेशिक सरकार निर्माण भइसकेको र प्राथमिक बजारसँगै धितोपत्रको दोस्रो बजारलाई पनि सोहीअनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएको देखिएको परिप्रेक्ष्यमा संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्लाहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन संचालक बोर्डको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडलाई निर्देशन दिइएको छ ।
नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित बोर्डमा निवेदन दिने व्यवस्था रहेको छ । बोर्डले सो कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको हो ।

You can share this post!