नेपालमा सञ्चालनमा रहेका विभिन्न वित्तिय संस्थाहरु मध्य ६९ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् ।लघुवित्त कार्यक्रम संचालन गर्दै आएका संस्थाहरुबाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्न लघुवित्तकर्मीहरुले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सहभागी लघुवित्तकर्मीहरुले यस्तो निर्णय गरेका हुन् । अहिले नेपाल राष्ट्र बैंकले लघुवित्त संचालनका लागि नयाँ आवेदन लिन बन्द गरेको छ ।र पनि निवेदन परिसकेका लघुवित्तलाई धमाधम लाइसेन्स दिइरहेको छ । निवेदन परेका सबै लघुवित्तलाई लाइसेन्स दिँदा यो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको संख्या अझै बढेर झन्डै ११४ भन्दा धेरै पुग्ने भएकाले लघुवित्तकर्मीहरुले भने निवेदन परेकाहरुमध्ये लघुवित्त कार्यक्रम संचालन गरिरहेका संस्थाहरुलाई मात्रै संचालन अनुमति दिन नियामक निकायलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।