पहिलो पटक व्यापार सम्झौता

मंसिर १४ , काठ्माण्डौ : नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र प्रधानमन्त्री केपी शर्मा ओली बीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा आज नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । दुई  देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आउनुभएको थियो । उहाँले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ ।

You can share this post!