वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना

मंसिर १४ , काठ्माण्डौ : बैंकिङ क्षेत्रको सुरुवातदेखि अहिलेसम्म निकै नै गतिशिल रुपमा विकास भईरहेको छ । मुलुकका धेरैजसो स्थान र धेरै ब्यक्तिको पंहुचमा बैंक पुग्न बांकि नै रहेकोले अझैपनि वित्तिय क्षेत्रमा विकासको सम्भावना बढ्दो छ । समय समयमा भईरहने विदेशि सहयोग बैंक तथा वित्तिय संस्थामार्फत आउने ब्यबस्था गरिनुपर्ने र एनजिओ आईएनजिओ मार्फत ऋण तथा अनुदान परिचालन गरेकोमा अब बैंकिङ क्षेत्रसंग सहकार्य गरेर ब्यवस्थित गर्दा वित्तिय क्षेत्रमा अझै केहि सुधार हुने देखिन्छ । वित्तिय क्षेत्रसंग सम्बन्धित लघुवित्तहरुले पनि ठुलाठुला बैंकहरुले गर्नुपर्ने कामहरु गरिरहेका छन् । यस्ता विकट क्षेत्रमा सर्वसाधारणलाई सेवा पुयाईरहेका लघुवित्तहरुलाई प्रोत्साहनको लागि सरकार तथा राष्ट् बैंकले पनि केहि सहयोग गर्दा ग्रामिण क्षेत्रमा पनि सहजरुपमा वित्तिय कारोवार बढ्दै जान्छ ।

You can share this post!