बस दुर्घटनामा दर्जनौ घाईते

मंसिर ११  पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा, कुचैनी सडकखण्डमा आज बिहान वस दुर्घटना भएको छ । सुर्खेतबाट महेन्द्रनगरतर्फ जांदै गरेको ना ६ ख २८५४ नम्बर को बस दुर्घटना हुँदा २५ जनावढी घाइते भएका छन् ।वस कुचैनी सडकखण्डको पुलमा ठोक्किएकोले पुलमा केहि क्षेति पुगेको छ भने घाइतेहरुको अवस्थाबारे केही बताइएको नभएपनि उपचारका लागि सबैलाई अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल लगिएको छ।

You can share this post!