राष्ट्र वहस (२०७५) सम्पन्न।

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्दन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र वहस (२०७५) प्रतियोगिता यहि सोमबार  सम्पन्न भएको छ ।

काठमाडौको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २  सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्त प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे र सविश्र कडेलको टिम अतिरञ्जिलले हात पारेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ता ऋषव सापकोटा र सर्वोत्कृष्ठ निर्णायक मिलन विश्वकर्मा घोषित भएका छन् । साइम कलेजको सह – आयोजना र ३२ टोलि वहसकर्ताको सहभागिता रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायक प्यानलमा डिवेट नेटवर्क नेपालको सञ्चालक सदश्य तथा प्रवन्ध निर्देशक निश्मा गौतम र डिवेट नेटवर्क नेपालका सञ्चालक सदश्य विपुल पाण्डे रहेका थिए ।

नेपालमा नेपाली भाषाको संसदिय पद्दतिमा वहश हुनुले भविश्यमा उत्कृष्ठ राजनितिज्ञ जन्माउन मद्दत पुग्ने कुरामा आफु विश्वसत रहेको डिवेट नेटवर्क नेपालका अध्यक्ष राज खरेल बताउछन् । , सेन्जेभियर कलेज बाट समाजीक कार्य बिषयमा स्नातक सकेका खरेल नेपालमा यूवाहरुले राजनितिलाइ मन नपराउनुमा बहसको संस्कार नहुनु पनि मुख्य कारक रहेकोले यस्ता फरक प्रकारका वहस प्रतियोगीताले यूवाहरुको  राजनिति प्रतिको घट्दो विश्वास लाई हटाउन, बहसको संस्कार संस्थागत हुन जरुरी रहेको बताउछन् ।

प्रतियोगिताका संयोजक  रहेका पदम रेग्मीले  नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा डिवेट नेटवर्क नेपालले संसदिय पद्दतिमा विभिन्न किसिमका वहस कार्यक्रमहरु आयोजना गराउँदै आएको बताए । डिवेट नेटवर्क नेपालले सन् २०१४ देखि नेपालमा संसदिय पद्दतिमा वहस गराउँदै आइरहेको छ ।

You can share this post!