देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्द तथा लियो क्लब काठमाडौं लर्ड बुद्दको संयुक्त आयोजनामा काठमाडौका बिभिन्न स्थानहरुमा देउसी भैलो खेलिएको छ। क्लब सदस्यहरु तथा अन्य शुभेच्छुकहरुको सहभागीतामा उक्त देउसी भैलो खेलीयको छ। सामाजिक कृयाकलापहरु तथा संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले पनि यस प्रकारका साँस्कृतीक कार्यहरुमा क्लब सहभागी रहदै आईरहेको छ।

यस देउसि भैलो कार्यक्रमबाट संकलीत रकममा थप सहयोगको स्रोत खोजि गरिनेछ तथा क्लब सदस्यहरुबाट रकम संकलन गरिनेछ। उक्त रकमबाट आगामी २०७५ साल मंसिर भित्रै दोलखा जिल्लामा मुटु रोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरिने छ। स्मरण रहोस यस क्लबले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा यहि २०७५ साल असोज ११ गते मुटु रोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेको थियो जसको उदघाटन संघिय गृह मन्री श्री राम बहादुर थापा “बादल” ज्यूले गर्नु भएको थियो। उक्त शिबिरमा स्थानिय ब्यक्तिहरु लाभान्वीत भएका थिय। यस क्लबको देउसी भैलो कार्यक्रमका केही झलकहरु।

 

You can share this post!