कुकुर तिहार (नरक चतुर्दशी)

आज यमपञ्चको दोस्रो दिन घरको शुरक्षाको लागि पालिने घरपालुवा जनावर कुकुरलाई मिठो मिठो खाने कुरा दिएर पुजा गर्दै कुकुर तिहार मनाएका छन् । आजको दिनलाई नरक चतुर्दशि पनि भन्ने गरिन्छ । आजको दिन कुकुरलाई मिठो खाने कुरा दिएर यमलोकको यात्रा गर्दा यमराजको पहरेदारको रुपमा मुलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान अरुणदयोकालमा नदि , तलाउ वा धारामा गई स्नान गरी यमदिप दक्षिण दिशामा फर्काई बालेर बगाएमा नरकको दर्शन गर्न नपर्ने पनि धार्मिक बिश्वास रहेको छ ।

You can share this post!