नयाँ पर्यटकीय स्थानहरुको पहिचान

नेपाल पर्यटन बोर्ड, स्थानिय तथा प्रदेश सरकारबाट केहि नयाँ पर्यटकिय स्थलहरु सिफारिस गरिएका छन्। नयाँ पर्यटकीय गन्तव्यको लागि नेपालमा थुप्रै क्षेत्र भएपनि अहिलेसम्म ति क्षेत्रलाई प्रर्वधन गर्न सकिएको छैन। अहिलेसम्म सिमित ति पर्यटकिय गन्तव्यहरुबाट केहि नयाँ गन्तब्यहरु थप गरि तिनिहरुको पुर्बाधार विकासका साथसाथै प्रर्वधन गर्ने निर्णय लिएको छ। यि विभिन्न गन्तव्यहरुलाई विषेस रुपमा प्रचार प्रसार सहित प्रबर्धन र संरक्षण गर्ने लक्ष्य लिईएको छ। नेपाल भ्रमण बर्षमा लगभग २० लाखभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखिएको छ। सरकारले यसै वर्षबाट बजेट खर्च गर्ने निर्णय लिएको छ। नयाँ पर्यटकिय गन्तव्यका प्रबर्दन गर्न सरकारले ५० करोड रुपैया छुट्टयाईएको छ। सरकारले देशका बिभिन्न  पर्यटकीय स्थलहरुको नामावलीबाट १०० वटा नयाँ गन्तब्य पहिचान गरेको छ।

पहिचान गरियका स्थानहरुको लिष्ट हेर्न यो लिन्कमा क्लिक गर्नुहोस।

http://www.tourism.gov.np/files/Press%20RELEASE%20FILE%20PDF/100%20destinations11012018113957.pdf

You can share this post!