अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!

काईटसंसार संबाददाता – उपत्यकाको ट्राफिक अस्तब्यस्ततालाई ब्यबस्थित गर्ने कार्य संगसंगै ट्राफिक प्रहरीको कार्यालय निर्माण पनि ब्यबस्थित बनिरहेको छ। यसै सिलसिलामा ललितपुरको सातदोबाटो चोकमा नेपालकै अहिलेसम्मको अत्याधुनिक र सुबिधा सम्पन्न भवनको निर्माण सम्पन्न भयको छ। उक्त भवनको समुदघाटन कार्यक्रममा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल आफै पुग्नुभएको छ। बिगतमा उपत्यकाको ट्राफिक ब्यबस्थापनमा उत्कृष्ठ छाप छोडनुभएका खनाल अहिले स्वयं प्रहरी संगठनको महानिरिक्षक हुनुहुन्छ।

नेपालको ट्राफिक ब्यबस्थापमा सम्पुर्ण जागिर कार्यकाल बिताउनुभएका अर्का चर्चित प्रहरी अधिकृत हुनुहुन्छ सिताराम हाछेथु। उपत्यकाको जुन जुन क्षेत्रमा जागिरको शिलसिलामा बस्नुहुन्छ त्यस क्षेत्रमा नयाँपन र प्रभाबकारी ट्राफिक ब्यबस्थापन बनाउनुहुन्छ। यसैको शिलसिला हो सातदोबाटोको अत्याधुनिक र सुबिधा सम्पन्न नयाँ ट्राफिक भवन।

सुमेरु समुहको मुख्य तथा अन्य स्थानिय ब्यपारीहरुसंगको सहकार्यमा उक्त नबनिर्मित भवन सम्पन्न भएको हो। जागिर कालखण्डको उत्तरार्धतिर रहनुभएका प्रहरी निरिक्षक श्री सिताराम हाछेथुको यो कार्य सम्पूर्ण नेपालीका लागि रोल मोडल बन्ने र स्मरणीय कार्य बन्नेमा दुईमत छैन।

You can share this post!