“पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!

काईटसंसार सम्बाददाता,

लेखन : सुशील गौतम

०5 भाद्र २०७५

कतिपय मान्छेहरु पढेर जिबनमा उन्नति,प्रगति गरिरहेका हुन्छन् भने,कतिपय मान्छेहरु आफूसँग भएको सिपलाई सदुपयोग गरि आफैं रोजगार सिर्जना गरिरहेका हुन्छन् । जो सँग विद्या छ,वा जो सँग सीप र कला हुन्छ नि,हो त्यो मान्छे कुनैपनि भिँडमा हराउँदैन,बरु त्यहीँ भिँडबाट आफ्नो छुट्टै पहिचान बनाइ,समाजमा आफुलाई स्थापित बनाउन सफल हुन्छन् ।

त्यस्तै आफूसँग भएको सिपलाई सदुपयोग गर्दै,स्वरोजगारको बाटो सिर्जना गर्न सफल व्यक्ति हुनुन्छ,हेटौंडा साहामारी स्थायी घर भै,काठमाडौंको चाबहिलमा बसोबास गर्दै आउनु भएका ५३ वर्षिय सुदर्शन अधिकारी ।

उहाँले चाबहिलको स्तुपा नजिक सानो कटघेराको पसल बनाएर विगत १४ वर्षको लामो समयदेखि आलु परौठा र स्वादिलो अचार बेच्दै आउनु भएको छ।

सुरुवातका दिनमा ठेलाबाट आफ्नो व्यवसाय सुरु गर्नु भएको उहाँले,अहिले पसल जस्तो कटघेरा बनाएर आफ्नो पसललाई बिस्तार गर्न सफल हुनुभएको छ । उहा भन्नुहुन्छ्​, दैनिक १० किलो आँटाको पिठो र ४ धार्नी आलुबाट १४० वटा सम्म आलु परौठा बनाएर बेच्छु , सानैदेखि शाहाकारी भएको हुनाले,उहाँको पसलमा आलु परौठा र स्वादिलो अचारका अतिरिक्त,सुख्खा रोटी,दहि र तरकारी जस्ता शुद्ध शाहाकारी परिकार मात्रै पाइन्छ ।

 

वि.स. २०६० साल फागुनबाट सुरु गर्नु भएको पसलमा अहिले आलु परौठा र अचार खान आउने ग्राहकको लाइन लाग्छ । पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा र स्वादिलो अचार सँगसँगै,उहाँको मिठो बोलिवचनले ग्राहकलाई थप आकर्षण गर्ने काम गरेको छ ।

सस्तोमै आउने आलु परौठा,अचार र सफा सुग्घर हुने भएकोले विभिन्न स्कुल,कलेजका विद्यार्थीदेखि लिएर शिक्षक लगायत सबै वर्गका मान्छेहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गैरहेको छ ।

 

 

ग्राहकको बाक्लो उपस्तिथि हुने भएकोले अहिले यस पसललाई थप बिस्तार गर्ने मनसायमा रहनु भएको उहाँ,अब आलु चप,चिया,समोसा र सेलरोटी जस्ता खाजाहरु थप्दै,आफ्नो व्यवसायलाई फराकिलो बनाउने र त्यसबाट अन्य १-२ जनालाई रोजगारी समेत दिने सोचमा हुनुहुन्छ । तपाईंहरु पनि चाबहिल हिंड्दा यो पसलमा बसेर एकपटक यहाँको आलु परौठा र अचारको स्वाद चाखी हेर्नू होला,त्यसपछि तपाईं पक्कै लोभिनु हुनेछ ।।।

#लेखन : सुशील गौतम

#जय_रास्ट्र

You can share this post!