भुपु प्रेमिकाले छुट्टिदा भनेको कुरा याद आयो !! :बिजय कुमार शाह (अनुराग)

दुनियाँमा कस्लाई कहाँ

कतिखेर सहयोग गर्नुपर्छ।

यहाँ आफैलाई मारेकोलाई

मरेर सहयोग गर्नुपर्छ।

…………..

सबैले आफ्नै दुनो सोझ्याउन लाग्छन संसारमा।

कसैलाई सहयोग गर्नुपर्दा बुझेर सहयोग गर्नुपर्छ।

………….

याद छ भुपु प्रेमिकाले छुट्टिदा भनेको एउटा कुरा।

म पराई भएनि तिमिले एकफेर सहयोग गर्नुपर्छ।

……………

दुश्मनलाई सधै फुलले हिर्काउने तिम्रो ब्यवहारले।

लाग्छ दुश्मन भनेकालाई हासेर सहयोग गर्नुपर्छ।

…………….

बाहिरको मान्छेले घर भित्र प्रहारगर्न थाल्यो भने।

घर भित्रका समस्यालाई बिर्सेर सहयोग गर्नुपर्छ।

………………

नाम: बिजय कुमार शाह (अनुराग )
ठेगाना: आठबिसकोट-१ कोटमौल रुकुम

You can share this post!