यौनको बिषयलाई सोच्ने तीन यूवाको कथामा ‘मिष्टर भर्जिन’

लक्ष्मण बजगाईं

काइट सञ्चार सम्बाददाता,

काठमान्डू, नेपाल

काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक विशारद बस्नेतले भने-‘यो चलचित्रले तीन वयस्क यूवाको कथा भन्छ । यो हाम्रो समाजको कथा हो । मानिसले यौनको बिषयलाई कसरी सोच्छ ? यौन चाहना पुरा गर्न खोज्दा के कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भन्ने कथालाई चलचित्रले उठाएको छ ।नेपालको पहिलो सेक्स कमेडी चलचित्रको रुपमा यसलाई प्रचार गरिएको छ ।’भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को निर्माणपक्ष आधा दर्जन चलचित्र रिलिज हुँदा पनि मल्टिप्लेक्स हलमा पाएको शोबाट खुशी देखिएको छ । दर्शकमा चलचित्रप्रति उत्साह थपिएको उनीहरुको वुझाई छ ।

नायिका मरिष्का पोखरेलले पत्रकार सम्मेलनमा भनिन्-‘यो मलाई मेरो डेब्यू चलचित्र जस्तो लागिरहेको छ ।  ।’ चलचित्रमा प्यासी मोहनको भूमिकामा देखिन लागेका कलाकार रविन्द्र झाले भने-‘चलचित्र गर्दा दुखसँगै रमाइलो पनि भयो ।’ चलचित्रमा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।यो चलचित्रलाई हरेक बर्गका दर्शकले हेर्न सक्ने भनाई यसको निर्माणपक्षको छ ।

You can share this post!