राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार

काईटसंसार सम्बाददाता,

Laxman Bajgain,

०१ भाद्र २०७५, 

कुनै पनि समाज सहृदयी एवं दूरदृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ,समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ , देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता ब्याक्तिको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ।

Image may contain: 6 people, people sitting, people eating, baby and child
हुन त यस्ता समाजसेवी कदरपत्र वा नामका लागि, केही पाइएला भन्ने उद्देश्यले सामाजिक रूपान्तरणका लागि जीवन उत्सर्ग गरेका हुँदैनन् तर नयाँ पुस्तालाई सामाजिक रूपान्तरण गर्ने अभियानमा यस्ता व्यक्तित्वको जीवनीले अभिप्रेरित गरिरहेको हुन्छ । पश्चिम नेपालको कैलाली जिल्लाको दुर्गम मोहन्याल गाउँपालिकामा जन्मेका आजभोलिका एक युबा जनक सुनार समाजसेबि तथा एक यस्तै एक सामाजिक अभियान्ता हुनुहुन्छ । उहाँ समाजमा परिवर्तन देख्न चाहने ब्यक्ती भएकोले पटकपटक विभिन्न सामाजिक कार्य गरिरहन्छन र यस्ता कार्य गरिरहन उनी सधै प्रयत्नरत रहन्छन   ।

Image may contain: 3 people

 

सानै उमेर देखि आफैमा बहुप्रतिभाका धनी थिए उनी सानै देखि पढाईमा पनि त्यत्तिकै लगनशिल थिए उनी हाम्रो कक्षामा जहिले प्रथम हुने गर्थे , पढाइ सङगै अन्य सामाजिक कार्यहरु गरिरहन्थे । गाउँमा सानोमा साथीहरु सित क्लबहरु बनाउदै गाउँको बिकाशको निम्ति उनी जहिल्यै गाउमा विभिन्न कार्यक्रमहरु गर्ने गर्दथे  र यसरी नै उनी सबैको प्यारो भै रहन्थे । उनको विशेषता भनेको नै सबै चीनजानको मानिस सित छिट्टै नजिक हुन पुग्छन । यसरी बिस्तारै उमेर बढदै गयो अनि उनको पढाइ नि गाउमा लगभग सकिने क्रम भैसकेको थियो ।
घरको आर्थिक अबस्था सोचेर बसिरहेको बेला उनी पढन भनेर टिकापुर गए तर त्यहा एक्लो महसुस गरेर फेरि फर्किए  । उनले +२ को पढाइ २०७२ मा क्याम्पस टप बनेर सके  ।  कता पढने भनेर अन्यौल भयको अबस्थामा  नजिकैको  लम्कि बहुमुखी क्याम्पसमा भर्ना भए र केही समय उनलाई यहाँपनि सबैसित घुलमिल हुन समय लाग्यो बिस्तारै सबैशीत राम्रो सम्बन्ध बन्यो ।   उनी आएको पहिलो बर्षमै क्याम्पसको साधारण सभाबाट उत्कट अनुशाशीत बिद्यार्थी पनि बने।   क्याम्पस आएको सुरुसुरुमा  अलि बढी नै साथीहरुले उचालेर राजनीतिको लहैलहैमा लागे उनि आफैमा बुझ्ने ब्याक्ति भएकोले बिस्तारै कम गर्दै गए , उनको सम्बन्ध उनको व्यबहारले अनि प्रतीभाले सबैशीत राम्रो हुँदै गयो।   अहिले उनि फेरि गाउकै सानो उमेरको काम सोचेर त्यही सामाजिक काम गरिराख्छन अहिले उनमा बहुप्रतिभा देखेर लम्कीमा धेरै युबाको साथ मिलेको छ उनी आजकाल कहिले बादी बस्तिका बिद्यार्थीलाई सहयोग गर्न जान्छन ।  उनी कहिल्यै मुक्तकमैयाको विद्यार्थीलाई सहयोग गर्न जान्छन , उनि कहिले क्यान्सर लागेको बच्चालाई बचाउने प्रयासमा आफू पढाईनै छोडेर सहयोग जम्मा पारी उदार गर्न अस्पताल पुग्छन  ।

Image may contain: 13 people, including Parkash Khanal, outdoor

 

अब हुदाहुदै उनले एउटा चुनौतीपूर्ण कामको जिम्मा लिने भनेका छन लम्की चुहा वार्ड न १ मा ५० जना असहाय बिद्यार्थीका लागि उनी टिमसित मिलेर नमुना अध्ययन गृह बनाउने सोचमा छन बनाउन नसकेपनी उनी यहि काममा प्रयत्नशील रहने प्रतिबद्धता जनाउदछन आजको समाजमा यस्ता सामाजिक युबाको खाचो छ यहि देख्दै उनी युबाहरुलाई सामाजिक कार्यमा जोडने अभियानमा सामाजिक जिन्दगी नै जिएर जीवन बिताईरहेका छन ।
उनको यो अभियानमा तपाईं हामिले प्रत्यक्ष सहयोग पुर्याएर असहाय बालबालिकालाई सहयोग पुर्याउनु तपाईं हाम्रो पनि कर्तव्य हुनेछ ।

 

 

You can share this post!