पुनःनिर्माणका लागि भारतद्वारा नेपाललाई २.१ बिलियन डलर सहयोग

काठमाडौं– भूकम्पपछिको पुननिर्माणका लागि भारत सरकारले २ अर्ब १० करोड रुपैयाँ (२.१ बिलियन डलर) बराबरको  सहयोग हस्तान्तरण गरेको छ ।

शुक्रबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यो नुवाकोट र गोरखामा रहेका भारत सरकार समर्थित ४२ हजार ८६ जना हाउजिङका निर्माणका लागि पहिलो खण्डको सहयोग हो  । २०७२ फागुन ८ गते भारत र नेपालले नुवाकोट र गोरखा जिल्लामा ५० हजार निजी निवास पुर्नर्मिाण गर्न सय मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने सहमति भएको थियो ।

त्यसपछि दुवै देशले ७५० मिलियन अमेरिकी डलरको सहुलियत ऋणबाट भारत सरकार समर्थित ५० हजार जना हाउजिङ सरोकारवालाई तेस्रो किस्ता भुक्तानीको लागि थप ५० मिलियन डलर उपयोग गर्ने सहमति भएको थियो ।

पुननिर्माणमा भारत सरकारको सधै सहयोग रहेन राजदूत मञ्जिभसिंह पुरीले बताए ।

You can share this post!