माल्कोमको बदला मेस्सीलाई रोमा पठाउन माग

काठमाडौं । रोमामा अनुबन्ध हुन सहमत भइसकेका ब्राजिलियन विंगर माल्कोमलाई बार्सिलोनाले ‘अपहरण’ शैलीमा भित्र्याएको भन्दै रोमा रुष्ट भएको छ ।

रोमाका अध्यक्ष जेम्स पलोट्टाले क्याटलान क्लबको कदम अनैतिक भएको बताएका हुन् । बार्सीलोनाले क्षतिपूर्ति स्वरुप लियोनल मेस्सीलाई रोमा पठाउनुपर्ने बताए ।

एक अन्तवार्तामा उनले भने, ‘सम्झौता भइसकेको उनीहरुलाई थाहा थियो । उनीहरुले आफ्नो गलत कदमलाई लिएर हिजो माफी त मागे तर, म उनीहरुलाई माफ गर्दिन ।’

‘मैलै माफी स्वीकार गर्न दुई मध्ये एक हुनुपर्छ । कि माल्कोम हामीलाई नै पठाउनुपर्छ, पक्कै यस्तो होला जस्तो लाग्दैन । तर, उनीहरुले सद्भावको रुपमा कम्तीमा पनि मेस्सी हामीलाई दिएमा बार्सिलोलालाई माफ गर्न सकिन्छ ।’

रोमाले माल्कोमलाई आबद्ध गर्न उनको पूर्वक्लब बोर्डक्ससाग सहमति गरिसकेको थियो र उनी मेडिकलको लागि आउनेछन् भनेर फ्यानहरु विमानस्थलमै पर्खेर बसेका थिए । तर, उनको रोमा उड्ने फ्लाइट तब रद्द भयो, जब बार्सिलोनाले प|mेन्च क्लबलाई रोमाको भन्दा धेरै रकमको प्रस्ताव गर्‍यो ।

बोर्डक्सले बार्सिलोनाले प्रस्ताव गरेको जति रकम रोमासाग माग्यो तर, इटालियन क्लब त्यसका लागि तयार हुादासम्म माल्कोमले क्याटलानसाग सम्झौता गरिसकेका थिए ।

सम्झौताअनुसार बार्सिलोनाले ४१ मिलियन यूरो बोर्डक्सलाई तिरेको छ भने बोनसको रुपमा माल्कोमलाई १ मिलियन यूरो तिर्ने छ । यो सम्झौतापछि रोमाका स्पोर्टिङ डाइरेक्टर मोन्चीले बार्सीलोनाविरुद्ध कानूनी उपचार खोज्ने बताएका थिए ।

‘सहमति भइसकेको थियो । राति भइसकेको थियो र बच्चाहरु प्लेनमा आएनन् । बोर्डक्सले उनलाई रोक्यो’ पलोट्टाले भने, ‘त्यतिखेरै हामीले थाहा पायौं कि बार्सिलोना बीचमा आयो र मेरो मनमा यो त अनैतिक भएन र भन्ने प्रश्न उठ्यो ।’

‘औपचारिक रुपमा हस्ताक्षर गरिएको थिएन भनेर कसैले भन्छन । तर सबैलाई थाहा छ खेलाडी मेडिकलको लागि आउाछन् र मात्रै औपचारिक हस्ताक्षर हुन्छ ।’

बार्सिलोनाले गरेजस्तो अरु क्लबले नगर्ने बताउादै उनले भनका छन्, ‘बोर्डेक्सले यस्तो गर्नु हुादैन थियो, जुन सम्पूर्ण रुपमा अवैधानिक र अनैतिक थियो ।’

पि्रसिजन इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत आउादो अगस्ट १ मा टेक्सासको अर्लिङ्टन रंगशालामा रोमाले बार्सिलोनाको सामना गर्दैछ ।

You can share this post!