रोनाल्डो युभेन्टस जाने रियलद्वारा पुष्टि

एजेन्सी । अन्ततः पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्टससँग अनुबन्ध गरेका छन् ।

रियलले रोनाल्डोको स्थानान्तरणको विषयमा युभेन्टससँग सम्झौता भएको एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

३३ वर्षीय बालोन डि’ओर विजेता करिब ८.८ करोड पाउण्डमा युभेन्टस जाने गरी पाँच वर्षका लागि सम्झौता भएको बताइएको छ ।

क्बलले रोनाल्डोले आफै क्लब छाड्ने इच्छा व्यक्त गरेको पनि स्पष्ट पारेको छ ।

रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५१ गोल गर्दै १६ उपाधि जितेका छन् ।

यसमा चार च्याम्पियन्स लिग उपाधि सामेल छ ।

पछिल्लो समय रियल र रोनाल्डोको बीचको सम्बन्धमा चिसोपन आएको थियो । लियोनेल मेस्सी र नेयमारको बराबर तलब रकम माग गर्दा रियलले अस्वीकार गरे पछि रोनाल्डोले च्याम्पियस लिग जितेसँगै क्लब छाड्ने संकेत गरेका थिए ।

क्लबले रोनाल्डोलाई धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ ।

You can share this post!