पाल्पा । पाल्पामा विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिंडेको लु २ त ९७५ नं. बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाका कर्मचारी सवार बस दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा मृत्यु हुनेहरू
- तानसेन -४ विष्णुमान बज्राचार्य,
- तानसेन-३ देवेन्द्रलाला प्रधान,
- तानसेन-३ कृष्णमान बज्राचार्य,
- तानसेन-३ छत्रमान शाक्य,
- तानसेन-६ सुशिलप्रसाद श्रेष्ठ,
- तानसेन-४ कृष्णबहादुर बोहोरा,
- तानसेन-६दुर्गाबहादुर सारु,
- तानसेन-२ लोकनाथ ढकाल,
- तानसेन-३ बसन्ती खाण,
- तानसेन-६ गीता बुढाथोकी,
- तानसेन-३ कमला कार्की,
- तानसेन-६ सचिन बज्राचार्य
- एक जना महिलाकाे सनाखत हुन बाँकी
कमला कार्की लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटना स्थलबाट उपचारका लागि युइनाईटेड मिसन अस्पतालमा ल्याईएका घाईतेहरु मध्ये एक जनाको मुत्यु भएकाे छ । मृत्यु हुनेमा तानसेन ६ का सचिन बज्रार्चाय रहेको मिसन अस्पताललले जनाएकाे छ ।
घाइतेहरु
- प्रफुल्ल शर्मा,
- विमल रन्जन,
- उत्तम कुमार बज्राचार्य,
- ओम मलेगो,
- मिना खाम्चा,
- मुना सारु,
- अर्जुन थापा र
- प्रविण बज्राचार्य
घाइते मध्ये प्रविण बज्रार्चायको लुम्बिनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।