
तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।
माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।
नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।