पत्रकारलाई नियन्त्रणमा लिने विमानस्थलका कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघको माग

पत्रकारलाई नियन्त्रणमा लिने विमानस्थलका कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघको माग

समाचार सङ्कलनका क्रममा गएका ५ जना पत्रकारलाई जेठ १७ गते त्रिभुवन विमानस्थल प्रशासन र सुरक्षार्थ खटिएका प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएको विषयमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । समाचार सङ्कलनमा गएका टिभी अन्नपूणका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकोटालाई प्रहरी र विमानस्थल प्रशासनले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका थिए । पत्रकारको समाचार सङ्कलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आम नागरिकको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महासङ्घको ठहर छ । महासङ्घ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

You can share this post!