कोरियाको जितसंगै साबिक बिजेता जर्मनी समूह चरण बाटै बाहिरियो

काठमाडौँ | एशियाली रास्ट्र दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । यो हार संगै १९३८ पछि पहिलो पटक जर्मनी समूह चरण बाटै बाहिरियको हो |

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो ।

अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।

सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो ।

तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो ।

तर, कोरियाले आफू मात्र बाहिरिएन, साविकको विजेतालाई पनि सँगै घर फर्काएको छ । हारका बाबजुद मेक्सिको भने उपविजेता बनेको छ ।

स्वीडेन बिरुद्ध मेक्सिको

स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा पुगेको हो । पराजित भए पनि यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे ।

त्यसपछि ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३- ० ले पराजित भयो । जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिकोले स्वीडेनसँग भने पराजय ब्यहोरेर समूह उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

समूह चरणमा दुई/दुई खेल जितेका र मेक्सिकोले बराबर ६ अंक जोडेको छ । तर गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको हो ।

बुधबार नै भएको समूह एफ अन्तर्गतकै जर्मनी र दक्षिण कोरियाको खेलमा जर्मनी पराजित भएपछि मेक्सिकोको अघिल्लो चरण प्रवेश सहज भएको हो । जर्मनीले दक्षिण कोरियालाई पराजित गरेको भए मेक्सिको बाहिरिने पनि सम्भावना थियो । तर दक्षिण कोरिया र जर्मनीकोव खेल आफू अनुकुल आएपछि मेक्सिकोको अन्तिम १६ प्रवेश सहज भएको हो ।

You can share this post!