जापानले कोलम्बियालाई २-१ ले हरायो | विश्वकपको पहिलो रातोकार्ड संचेज़ लाई

अषार ०५ | जापानले १० खेलाडीमा सिमित कोलम्बियालाई २-१ को गोल अन्तरले हरायको छ | यससंगै एसियन देशको यो पहिलो जित हो | जापानको जितमा कागावा को गोलबाट जापानले खेलको ६ मिनेटमा पेनाल्टीमार्फत अग्रता लागेको थियो | कोलम्बिया भने खेलको तेस्रो मिनेटमा संचेज़ले रातो कार्ड खादा १० जनामा सिमित हुन पुगेको थियो | खेलको ३९ औ मिनेटमा कुंत्रो ले बराबरी गोल फरकाएपनि सम्हालिन नसक्दा खेलको ७३ औ मिनेटमा होन्डा को पासमा ओसाका ले गोल गर्दै जापानको जित सुनिस्चित गरेका थिय | पहिलो राउण्डको अन्तिम खेल पोल्याण्ड र सेनेगल बीच राति ८:४५ मा हुने छ|

You can share this post!