प्रधानमन्त्री ओलीको चीन भ्रमणमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली बोकेर मङ्गलबार उत्तरी छिमेकी मुलुक चीनको ५ दिने भ्रमणमा निस्केका छन् ।

प्रधानमन्त्री ओलीको यो भ्रमण ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नारा व्यवहारमै उतार्न सहयोगी बन्ने कुरा प्रधानमन्त्री ओली स्वयम्ले चीन भ्रमणमा जाने अघिल्लो दिन सङ्घीय संसदलाई जानकारी गराइसकेका छन् ।

तर, सीमा विवादमा महत्वपूर्ण मुद्दा भने प्रधानमन्त्रीको भ्रमण एजेन्डामा परेका छैनन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा लिपुलेक समस्यालगायतका महत्वपूर्ण सीमा विषयमा धाराणा राख्न विज्ञहरूले सुझाव दिएका थिए ।

लिपुलेकका विषयमा नेपालभित्र मुद्दा उठ्दै आएको छ ।

के प्रधानमन्त्री ओली चीनलाई खुसी पार्न यस्तो मौनताको नीतिमा छन् ?

You can share this post!