यूराशिया रेयूकाई नेपालको “हिंसा विरुद्घ हाम्रो दायित्व”

१६ जेठ २०७५, यूराशिया रेयूकाई नेपालअन्तर्गतका शाखा र समाजविकास केन्द्रका लिडर्सहरुलाई उपस्थित गराई पूर्व प्रधानन्यायाधिस सुशीलाकार्कीज्यूको प्रमूखआतिथ्यमा“हिंसा विरुद्घ हाम्रो दायित्व”विषयकअन्तरकृया कार्यक्रम यूराशिया रेयूकाई नेपाल केन्द्रिय कार्यालय सानेपामा सम्पन्नभयो ।

प्रहरीनिरिक्षक चन्चला श्रेष्ठ र रक्षा नेपालका संस्थापक अध्यक्ष मेनुका थापाले प्रशिक्षण दिनु भएको सो कार्यक्रममा प्रमूखअतिथि पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीज्यूले बुद्घ जन्मेको देशमा हिंसा नहुनु पर्ने हो तर भैरहेको छ । सानो सानो कुराबाटै हिंसाहरु भैरहेको छ ठूलो कुरा नै चाहिदैन । हिंसालाई सहने होईन आवाज उठाउनु पर्छ, भन्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि प्रहरी नायवमहानिरिक्षक राम प्रसादश्रेष्ठज्यूले नेपालमा हरेक दिन औसतमा ६ वटा बलात्कारका घटनाहरु हुने गरेको र यसमा पनि सवैभन्दा बढी युवा र बालबालिकाहरु पििडतभएको कुरा व्यक्तगर्नु भयो ।

यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले मुस्कानलाई लागु गरी दोस्रो व्यक्तिको आत्मालाई परिवर्तन गर्न सकिन्छ भन्नुहुदै मानव समाजको अन्तर आत्माको विकासको माध्यमबाट शान्तिपूर्ण समाजको सृजना गरी आफ्ना पूर्वजहरुको स्मरण गरेर पुर्खाहरु प्रति यथोचित सम्मान गर्नुपर्छ भन्ने पवित्र भावनालाई केन्द्रविन्दु बनाई समाजका सदस्यहरु समेतलाई सुमार्ग देखाउदै विगत ४३ वर्षदेखि सामाजिक सेवाको माध्यमबाट विश्वशान्तिका किरणहरु समस्त मानव समुदायको ह्रृदय भित्र पु¥र्याउदै आएको कुरा बताउनु भयो ।

कार्यक्रममा यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले प्रमुख अतिथि पूर्व प्रधान न्यायाधिस सुशीलाकार्कीज्यू र विशिष्ठ अतिथि प्रहरी नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठज्यू एंव प्रशिक्षकहरुलाई संस्थाको तर्फवाट मायाको चिनो प्रदानगर्नु भयो भने श्रीमती हिरोको माुनागाज्यूवाट हस्तकला तालिम केन्द्रवाट तयार गरिएको उपहार प्रदान गर्नुभयो । यूराशिया रेयूकाईको यूवा मार्गनिर्देशक जिम्मेवारकर्ता प्रिया लामिछानेको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अर्का यूवा मार्गनिर्देशक जिम्मेवारकर्ता बिष्णु प्रसाद पौडेलले संस्थाको परिचयदिनु भएको सो कार्यक्रममा स्थानीय प्रमूख व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

You can share this post!