प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतको टसल : के होला ‘साइड इफेक्ट’ ?

काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु मन्तव्य दिएपछि उनको अमेरिका भ्रमणमा रोक लागेको कुरा अब कसैबाट लुकेको छैन ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा र सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्रीमा एकै दिने शपथ लिएका थिए । त्यसको एक हप्तापछि यी दुई बीचमा टसल सुरु भयो ।

दुई पक्षबीचमा भइरहेको टसलको बारेमा रातोपाटीले बुधबार फागुनदेखि हालसम्म यी दुई पक्षका बीचमा टसल भएका १० वटा शृङ्खला प्रस्तुत गरेको थियो । आज यी शृङ्खलाबद्ध टसलले प्रदेश नं. २ को सरकार, राजनीतिक, आर्थिक, समाजिकलगायतको क्षेत्रमा कस्तो असर पार्नेछ भनी विषयवस्तु उठाउने प्रयास गरेका हौं ।

मधेससँग प्रधानमन्त्री ओलीको सम्बन्ध पहिलादेखि नै राम्रो थिएन । अहिले प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतबीचको आन्तरद्वन्द्वका कारण मधेसमा फेरि ओलीको आलोचना सुरु भएको छ । यी दुईबीचको द्वन्द्वका कारण मुख्यमन्त्री राउतको जयजय भइरहेको छ भने ओलीको विरोध भइरहेको छ । तिनै कारणले प्रधानमन्त्री ओलीले मुख्यमन्त्री राउतलाई अमेरिका जानबाट रोकेको कतिपयको बुझाइ छ ।

जनकपुरमा रहेका प्रध्यापक डा. सुरेन्द्र लाभले केन्द्र सरकारले मुख्यमन्त्रीलाई अमेरिका जानबाट रोक्नु सङ्घीयता विरोधी कार्य भएको टिप्पणी गरे ।

रातोपाटीसँग कुरा गर्दै डा. लाभले भने, ‘केन्द्रले मुख्यमन्त्री राउतलाई अमेरिका जान दिनुपथ्र्यो, यदि राउत गलत समयमा गलत कार्यका लागि अमेरिका जानुहुन्थ्यो भने त्यसको विरोध जनताले आफैले गर्ने थिए । उहाँको टीकाटिप्पणी आफै  हुनेथियो तर केन्द्र सरकारले त्यसलाई रोकेर राम्रो काम गरेको छैन ।’

यस्तो समय नआओस्, जसले जनताले सङ्घीयताप्रति घृणा लागोस् । परिवर्तन, विकास, स्वशासन र स्वतन्त्रताका लागि सङ्घीयता आएको हो तर त्यो नभएर अर्कै–अकै कार्यमा सरकार अल्झेको हो भनी जनताले थाह पाएपछि एक दिन सङ्घीयताकै विरोधमा कुरा उठ्न सक्छ, लाभले विश्लेषण गरे ।

राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले केन्द्रसँग सम्झदारी गरेर जाने अवस्थामा पुगेका छन् भने उता मुख्यमन्त्री राउतले केन्द्रको विरोधमा मन्तव्य दिएका छन् । यो आफैमा विरोधाभास रहेको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओली र मुख्यमन्त्री राउतबीचको टसलले मधेसको समग्र विकासमा असर परिरहेको छ, त्यसको असर आउने बजेटमा पनि देखिने बताउँदै उनले केन्द्र र प्रदेशको टसलले गर्दा मुख्य मुद्दा ओझेलमा परेको टिप्पणी गरे ।

यी दुईको टसलले गर्दा मधेसको समग्र विकासमा असर पर्ने बुझाइ तराई–मधेस राष्ट्रिय परिषद्का सदस्य काशिन्द्र यादवको पनि रहेको छ ।

‘प्रधानमन्त्री ओली पहिलादेखि मधेसप्रति सकारात्मक हुनुहुन्थेन, मधेसको हितमा उहाँले कहिल्यै कुरा गर्नुभएन । त्यसैको साइड इफेक्ट हो मुख्यमन्त्री राउतसँगको टसल’, उनले भने, ‘अहिले त झन् सबभन्दा ठूलो पार्टीबाट उहाँ शक्तिशाली प्रधानमन्त्री बन्नुभएको छ । शाक्तिशाली शासकबाट टसल लिनेले दुःख पाएको इतिहास छ । त्यसले मधेसले दुःख पाउने निश्चित छ ।’

राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले केन्द्रसँग सम्झदारी गरेर जाने अवस्थामा पुगेका छन् भने उता मुख्यमन्त्री राउतले केन्द्रको विरोधमा मन्तव्य दिएका छन् । यो आफैमा विरोधाभास रहेको उनको टिप्पणी छ ।

मुख्यमन्त्री राउतका मन्तव्य (मोदी समक्ष दिएको भाषण) मधेसको पक्षमा ठीक रहे पनि राउतका दलले केन्द्रमा लिएको नीतिका कारण विरोधाभास उत्पन्न भएको काशिन्द्र यादवको विश्लेषण छ । केन्द्रसँग टसल लिएपछि बजेट निर्माणदखि लिएर अन्य नीति निर्माणमा मधेससँग प्रधानमन्त्री ओलीले सकारात्मक व्यवहार नगर्ने उनको बुझाइ छ ।

केन्द्र र प्रदेशप्रति यसरी दूरी बढ्नुमा दुवै पक्ष दोषी रहेको बुझाइ पत्रकार चन्द्रकिशोरको पनि रहेको छ । रातोपाटीसँग कुरा गर्दै उनले भने, मुख्यमन्त्री राउतजीले सुरुमै प्रधानमन्त्री ओलीलाई पत्र लेख्नुभयो । पत्र लेखे पनि त्यसको मिडियाबाजी गर्नु हुँदैन्थ्यो, जो मुख्यमन्त्रीबाट भएको हो । अर्कोतिर मोदी भ्रमणको समयमा प्रधानमन्त्री ओलीले पनि हस्तक्षेप गर्नुहुँदैनथ्यो । यो भाषा प्रयोग गर, त्यो भाषा प्रयोग गर, यस्तो गर, उस्तो नगर भन्नुहुँदैनथ्यो जो भयो । पछिल्लो समय प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई अमेरिका जानबाट रोक्नुहुँदैनथ्यो । देश सङ्घीयतामा गइसकेको छ, स्वशासन कायम भएको छ । आफ्नो स्वतन्त्रता छ । जान दिनुपथ्र्यो तर त्यस्तो भएन । यी करणले गर्दा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच द्वन्द्व बढेको हो ।’

यो द्वन्द्वले कसैलाई भलो नगर्ने टिप्पणी गर्दै उनले यसलाई चर्काउनुभन्दा समाधानतिर जानुपर्ने सुझाव दिए । अर्को कुरा प्रधामन्त्री ओलीका लागि मधेस सुरक्षित थिएन । अहिले त्यहाँ प्रवेश गर्न खोजिरहुनुभएको छ, जसलाई प्रदेश सरकारले रोक्न खोज्दा द्वन्द्व उत्पन्न भएको छ । पत्रकार चन्द्रकिशोरले भने, ‘यो वर्चस्वको लडाइँ हो ।’

त्यस्तै बुझाइ छ नेपालका लागि भारतीय च्यानल आजतकका रिपोर्टर पङ्कज दासको । प्रधानमन्त्री ओली पहिलादेखि मधेसप्रति सकारात्मक नरहेको र मुख्यमन्त्री राउतसँग पनि अन्तरद्वन्द्वका कारण मधेसका लागि घाटा हुने पत्रकार दासको बुझाइ छ ।

राजपा नेपालका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सदस्य वृशेषचन्द्र लाल भन्छन्, मधेसप्रति केन्द्र सरकारको मानसकिता अझै पनि परिवर्तन भएको छैन । मधेसमा सङ्घीय संरचना स्थापित भएको छ । स्वशासन स्थापना भएको छ तर त्यसलाई सरकारले स्वीकार गरेको छैन । त्यही भएर यस्तो समस्या देखिएको छ ।’

मधेसको राजनीतिकलाई नजिकबाट नियाली रहेका पत्रकार दासले अन्ततः यो द्वन्द्वले मधेसलाई नै घाटा हुने हुने ।

केन्द्र सरकारले प्रदेश २ सँग कस्तो व्यवहार गर्नेछ भने कुरा नीति तथा कार्यक्रमबाट प्रस्टाइसकेको छ । अब केही भन्न बाँकी छैन भन्दै उनले विगतको भन्दा यसपटकको बजेटमा मधेससँग झनै बढी विभेद हुने विश्लेषण गरे ।

‘शक्तिशाली सरकारसँग चलाखीपूर्वक कसरी काम लिन सकिन्छ, त्यसको उपाय निकाल्नुपर्छ नभए वारपारको लडाइँमा जानुपर्छ । संविधानअनुसार मुख्यमन्त्री पदमा शपथ लिएका छन् र त्यही कुर्सीबाट संविधानलाई विरोध गरिरहेका छन् । त्यो विरोधाभास कुरा हो’, उनको टिप्पणी छ ।

मधेस आन्दोलनताका प्रधानमन्त्री ओलीको मधेशप्रति जे सोच थियो, त्यो सोचमा कुनै परिवर्तन आएको छैन । हालसम्म आफ्नो आडानमा उनी कायम छन् ।

रणनीति ढङ्गबाट राजपा र फोरम नेपालको तर्फबाट पनि समर्थन लिन सफल भए । तर त्यसको बदलामा उनले हालसम्म केही दिन सकेका छैनन् ।

संविधान संशोधन शब्दको उच्चारणसमेत गरेका छैनन् । जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदा त्यसमा संविधान संशाोधनका विषय उठ्लान् भनी राजपा नेपाल र फोरम नेपालले गरेको थियो तर त्यसको उच्चारणसमेत नहुँदा ती दलका नेताले विरोध गरेका छन् ।

राजपा नेपालका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सदस्य वृशेषचन्द्र लाल भन्छन्, मधेसप्रति केन्द्र सरकारको मानसकिता अझै पनि परिवर्तन भएको छैन । मधेसमा सङ्घीय संरचना स्थापित भएको छ । स्वशासन स्थापना भएको छ तर त्यसलाई सरकारले स्वीकार गरेको छैन । त्यही भएर यस्तो समस्या देखिएको छ ।’

केन्द्र सरकारले आफ्नो मानसिकतामा परिवर्तन गर्नुपर्छ । मधेसलाई हेर्न दृष्टिकोणमा परिवर्तन नगरे यसले मधेसलाई मात्र होइन, देशलाई पनि दीर्घकालीन असर गर्ने उनको बुझाइ छ ।

मधेस मामिलाका जानकार डा. राजेश अहिराजा भन्छन्– केन्द्र सरकार के चाहन्छ भने प्रदेश २ उल्झनमा फँसिरहोस् र भोलि तिमीहरूको सरकार थियो, आफै केही गर्न सकेनौं भन्न पाइयोस् ।’ प्रधानमन्त्री र मुख्यमन्त्रीबीच देखिएको द्वन्द्वले कसैलाई फाइदा गर्दैन भन्दै अहिराजले मुख्यमन्त्री राउतले काम गरेर देखाउने बेला आएको सुझाव दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने, प्रधामन्त्री केपी शर्मा ओलीलाई हरेक कुराको जवाफ दिने आवश्यकता नै छैन । आफूसँग भएको साधन स्रोतलाई सदुपयोग गर्दै काम गरेर देखाउनुपर्छ ताकि यो महसुस होस् कि मधेस पनि देशको नेतृत्व गर्ने क्षमता राख्छ ।’

यी टिप्पणीबाट के प्रष्ट बुझ्न सकिन्छ भने केन्द्र र प्रदेश २ बीच राम्रो सम्बन्ध छैन । यसले दुई नम्बर प्रदेशको समीकरणमा समेत असर पर्ने विश्लेषणहरु हुन थालेको छ ।

यो सम्बन्ध राम्रो होस् । तिक्तता नबढोस् भनी कसैले पहल गर्न चाहेको देखिँदैन ।

(Source Rato Pati )

You can share this post!