देश बदल्न समाजसेवा अभियानमा एक युवा

Clean Kasthamandap म बदलिन्छु मेरो देश बदलिन्छ अभियान एकाएक चर्चा मा आयो र के.पी खनाल को काठमान्डौ सफा गर्न मन परीर्वन गर्नुपर्छ भन्ने भनाई बाजुरा गएर सेलायो जस्तो भान भएर मेरो मनमा ती Clean Kasthamandap का पर्दा पछाडी को हीरो हरु खोज्न जागर चल्यो ।
Clean Kasthamandap का संयोजक लक्षमण बजगाई Clean Kasthamandap को मुख्य डिजाइनर भन्ने थाहा भयपछी उहा संग नभेटी मन मानेन । त्यसपछी फोन घुमाय र भेटने समय ४ बजे तय भयो । पुतलीसडक को आसागावो जापनीज ल्याग्वेज स्कुल को ब्यस्थापक को रुपमा कार्यरत हुदै गर्दा ४ बजे को थकान अलीकती पनी आउन नदिइ मीठो स्वागत गर्नभयो । पहीला त कसैलाइ पनी थाहा नभएको कुरा कसरी थाहा पाउनु भयो भनेर गलगल हास्नुभयो । मेरो बारेमा लेख्न पर्दैन भन्दा भन्दै मैले प्रस्न तेर्साउन थालिहाले ।

१. लक्ष्मण जी तपाई मीडिया मा कहिल्यै आउन चाहानुभएन तपाई संगै लागेका अभियान्ता के. पी खनाल त नेपाल कै कान्छो अभीयन्ता सम्म पुगे र राता रात हिट भए ….कहिल्यै सोच्नुभएन यसबारे ?

इतिहास सधै साचो र सत्य हुन्छ जुन मेटेर मेटिदैन तपाई म काहा आउनुभयो सोध्नुभयो यही मेरो उपलब्धी हो । मीडीया लाई मेरो समाचार हाल्दीनुहोस भनेर म कहिल्यै भन्दीन । म काठमाडौ बसेको ७ वर्ष हुन थाल्यो , मैले धेरै मान्छे चिने । कती दिन भोक भोकै बस्यौ, यही Clean Kasthamandap बनाउन तर के.पी खनाल चीनाउन लागेको अभियान कसैले भनीदीदा कहीलेकाही आफै सोच्न थाल्छु ।

२. Clean Kasthamandap असफल भयो उसोभए , के.पी खनाल त चक्रपथ सरसफाई अभियाान मा देखा पर्नुहुन्छ सधै तपाई हरुको टिम त देखिदैन नि ,को को हुन Clean Kasthamandap को मख्य अभियन्ता जसले Clean Kasthamandap ला्ई छोटो अवधि मै यती सफल भयो ?

सर्वप्रथम त धन्यवाद दिन चाहन्छु ती सबैलाई जसले यस अभियान मा सहयोग गरेका थिय । म बदलिन्छु मेरो देश बदलिन्छ भन्ने नारा को परिकल्पनाकार अर्पण साधक बिना यो अभियान अघि बड्ने नै थिएन । त्यसैगरी भवानी न्यौपाने को दृढता, जनक को साथित्व, आकृती विष्ट को साथ ,बब्लु गप्ता लगायत wow nepal की सोनिका दिदि ,तातो तातो. खबर तथा सम्पुर्ण मिडिया को साथ ले यती धेरै चर्चा मा पुग्यो जसमा के.पी को भुमिका अहम त छदै थियो । हामी असफल भएका छैनौ मात्र Clean Kasthamandap गर्न हामी चुक्यौ ।

३. अब के त के.पी खनाल त बाजुरा का लागी आवास निर्माण गर्दै छन, तपाई के मा व्यस्त हुनुहुन्छ ?

म विहान ७ बजे देखि ५ बजे सम्म अफीस हुन्छु । त्यसपछि ६ देखि ९ बजे सम्म Rajdhani Model College मा पढ्र्छु । समय त छैन तर पनी मैले समाज सेवा को पाटो छोडेको छैनौ । Clean Kasthamandap को बृहत रुप राष्ट्रिय समाज सेवा अभियान को संयोजक को रुपमा हामी लागी रहेका छौ ।

 

४. के हो राष्ट्रिय समाज सेवा अभियान  कसरी अघी बड्दै छ ?

हामी समाज बनाउने अभियान मा छौ समाज मेरो हैन सबैको हो त्यसैले समाज सेवा प्रतेक पल गर्नुपर्छ । मन को सन्तुस्टीको अभियान मा हामी छौ ।
हाम्रो मुख्य उद्स्य सम्पूर्ण समाजसेवी लाई एकत्रित पारेर समाज सेवा गर्ने मन हरुलाई जोडी समाज सेवा को बाटो मा अभिप्रेरित गर्नु हो । हाम्रो उदस्य आफ्ना जिल्ला मा भयका समाजिक समस्या लाई समाधान गर्नु हो साथै सामाधन नहुन सक्ने तेस्ता समस्यालाई राष्ट्रिय समस्या का रुपमा ल्याइ सबै समाजिक ब्यक्तितो को साथ र सहयोग ले अगाडी बडी निक्र्यौल निकल्नु हो । साथै हामी निकट भबिस्य मा सबै सामजिक ब्यक्तितो मिलेर समाज निर्माण गर्ने क्रममा सधै एकजुट अगाडी बडनेछौ ।
(करीब ५बजेर ३० मीनेट भई सकेको थियो घडी हेरी रहनु भएको थियो सायद कलेज जान हतार थियो त्यसैले मैले अन्तीम प्रश्न सोधी )ंं

५ अन्तीममा केही भन्न चाहानु हुन्छ ?

नेपाल भरी का विभिन्न रूपमा पछी परेका समाज को उन्नति ,समाज मा देखिने कुरिती ,गरिब र अनाथ बालबालिका लाई प्रोत्साहन अनि शिक्षा जस्ता विविध कार्य मा तपाईंको अमुल्य समय अनि सहयोग को कदर गर्दै यश अभियान मा सहभागी भै दिन हुन हामी हार्दिक अनुरोध गर्दछौ ।
रास्ट्र्भरिका समाजसेवी लाई एउटै केन्द्र मा जोड्ने अभियान मा हामी छौ। स्वोभाभिक रुपले मानिस सामाजिक प्राणी हो।तेसैले हाम्रो मन जोडियको हुन्छ । यो मन जोड्ने अभियान तपाइको हो हाम्रो हो । आउनुहोस समाज निमार्ण गर्न हामी सबै लागौ । असल समाज को सेवा गर्ने ब्यक्ति बनौ ।हर कोहि सक्नुहुन्छ । न हामिलाइ आर्थिक चाहिन्छ न हामी हाइलाइट्मा आउनुछ। बस सबैको त्यस्तो मनको आवश्यक छ। र त्यो मन बाट निस्कने समाज सेवा।

You can share this post!