त्रिभुवन विमानस्थलका सबै उडान र अवतरण बन्द

काठमाडौं ।  नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको सबै उडान र अवतरण बन्द भएको छ । विमानस्थलको रन वे मा पिच उक्कीएपछि आज सवा तीन बजेदेखि यहाँबाट हुने सबै उडान र अवतरणको प्रकृया बन्द गरीएको हो ।

त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार भत्किएको पिच बनाउन समय लाग्ने भएकाले पुन सुचारु हुन यतिनै समय लाग्छ भन्ने निश्चित नभएको हो । विमानस्थलको रन वेको सी र डीको बिचमा पिचमा निक्कै भत्कीएको छ । यसै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका हुन्।

www.news24.com बाट साभार गरिएको

You can share this post!