जनतालाई धूलो खुवाएर मोदीको स्वागत तयारी

२७ वैशाख, काटमाडौं । जनकपुरधाम त मोदीमय भइसक्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरले गरेको तयारी देख्दा यस्तो लाग्छ, अयोध्याबाट जन्ती लिएर बेहुला राम आउँदैछन् । त्यसपछि पालो छ, काठमाडौंको !

मोदीको स्वागतमा काठमाडौंमा पनि तयारी तीव्र छ । स्वागतद्वारहरु बन्न थालेका छन्, महिनौंसम्म नबनेको सडक बनेको छ । सडकमा हिँडिरहेका सर्वसाधारणको कुनै परवाह नगरी धुलो उडाइएको छ र हतारहतार कालोपत्र गरिरएको छ ।

यसको उदाहरण हो, त्रिभुवन विमानस्थल अगाडिको सडक । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका बेला भासिएको सडक लामो समयसम्म त्यसै रहृयो । नजिकै ठूलो भवन बनेपछि सडक थप भासियो तर, महिनौंसम्म मर्मतसम्भार भएन । बिहीबार साँझ हतारहतार भासिएको सडक सम्याउन थालिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी हुने रुटमा रातारात कालोपत्र गरिएको छ ।

सिनामंगल तीनकुने खण्डमा कालोपत्र भइरहेको छ । पिच गर्नुअघि सडक सफा गर्ने क्रममा उडेको धुलाले बाटोमा

हिँडेकाहरु निसास्सिँदा समेत कुनै परवाह थिएन ।

२०७५ वैशाख २8 गते

You can share this post!