राजधानीमा चलचित्र “भोर” को प्रिमियर शो

सती प्रथाको कथामा चलचित्र झोला बनाएका निर्देशक यादब भट्टराईको दोश्रो निर्देशकीय चलचित्र ‘भोर’ बैशाख २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउदै छ । चलचित्र “भोर” को प्रिमियम शो हिजो बैशाख ११ गते राजधानीमा भएको छ। दाइजो प्रथाको बिषयमा बनेको चलचित्र ‘भोर’ ले बिसेष गरि तराई क्षेत्रमा ब्याप्त दाइजो लेन देनको बिषय बोल्ने छ । सति प्रथा भन्दा पनि गम्भीर बिषय हो दाइजो, सति प्रथामा श्रीमानको मृत्यु पछि मात्र महिलाले पिडा खेप्नु पर्छ भने दाइजो प्रथामा महिला र उनको परिवारले दिनहु जस्तै पिडा खेप्नु पर्छ त्यसै कारण ‘झोला’ भन्दा पनि भोर गम्भीर बिषय भएको निर्देशक यादब भट्टराई बताउछन् ।

 

चलचित्रको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको छ भने चलचित्रमा सम्पूर्ण कलाकार पनि मिथिलान्चलका नै रहेका छन् । चलचित्रको कथालाई ‘झोला’ का लेखक कृष्ण धरावासीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराई कै रहेको छ । चलचित्र जगतका कलाकारहरु लगायत राजनितिक ब्यक्तिहरुको पनि उपस्थितिमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको छ। केही झलकहरु,

You can share this post!