रमाईलो स्वरोजगारीमा

 

एचन्द्रागिरी नगरपालिका स्थित चन्द्रागिरी केवलकारको बेस स्टेसन नजिक पानि पुरी पसल संचालन गरिरहनुभएको छ एलिसा लामाले। केवलकार संचालन भए यता यस क्षेत्रमा बिभिन्न किसिमका स्वरोजगारका अबसरहरु श्रृजना भएका छन। आफ्नो क्षेत्र नजिक पनि भएको तथा काम पनि सजिलो भएको बताउने एलिसा पानिपुरीको ब्यापारबाट हुने कमाईबाट सन्तुष्ट भएको बताउनुहुन्छ। बिदेशको लागि लालाहित हुनेका लागि बिदेशमा हुने कमाई यस्तै किसिमका सानो लगानिको ब्यापारबाट स्वदेशमै बसेर गर्न सकिने उहाँ बताउनु हुन्छ। स्वच्छ तथा मनोरम वाताबरण भएको चन्द्रागिरी हिल्सको बेस स्टेसन तथा स्वरोजगारमा रमाउनुभएकी एलिसा सरकारको स्वरोजगार अभियानको सहयोगी नागरिक बन्नुभएकोछ।

You can share this post!