रमेश खरेल भन्छन्- अपमानित भएर काम गर्दिनँ, राजीनामा दिन्छु

२८ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् ।

उनले बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताए । अनलाइनखबरसँग कुरा गर्दै खरेलले भने, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

२०७४ चैत २८ गते ७:४९ मा प्रकाशित

You can share this post!