महान नारी क. इब्रु तिम्तिक तिमी विश्व सर्वहाराको किताब भयौ

लक्ष्मण चौलागाईं विद्रोही

मरेर पनि अमर भयौ

बाचेर पनि साहसी भयौ

विचारका अमर सन्देश दिएर गयौ

क्रान्तिमा हार्नु हुदैन है

निडरताको परिचय दिएर गयौ

जान ता गयौ सदाको लागि

तर मरेर पनि अमर नै भयौ र हुनेछौ

नहार्ने लडाई जो थियो तिम्रो

प्रतिक्रान्तिका लठैतहरुलाई

कायर बनाइदिएर

साहसिक युद्ध जितेर गयौ

अदृश्यतामा उड्दै होला आत्मा

हार्दिक श्रद्धाञ्जली इब्रु तिम्तिक

मरेर पनि अमर भयौ

महान नारी तिमी

विश्व सर्वहाराको किताब भयौ

नमन

२३८ दिनसम्म लगातार सत्यको पक्षमा आफ्नो

अडानलाई विचलित नगराई सदाको लागि टर्किको

आकाश मुनिबाट बिदा भइन क्रान्तिकारी कम्युनिस्ट

जोधाहा इब्रु तिम्तिक

You can share this post!