सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ४८२६ पुग्यो

धनगढी–सुदूरपश्चिममा कोरोना मुक्त भएर थप ३५ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।डोटीबाट ३१ र कञ्चनपुरबाट चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए।

उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार ८ सय २६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्। डोटीका सात सय ८९, अछामका सात सय १३, कञ्चनपुरका ६ सय नौँ र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित सात सय ५४ रहेका छन्।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९७ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २५, सेती प्रादेशिक अस्पतालमा २४, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुईरदुई जना संक्रमितको उपचार भईरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

source: dineshkhabar

You can share this post!