धनगढी का मेयर हमालकाे घरमा कालाे व्यानर र झण्डा

धनगढि: धनगढि उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो ।

सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।

bigyapti

You can share this post!