जनसाँस्कृतिक महासंघले गर्यो एकताभेला समपन्न

काठमाडौं –  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुई अखिल नेपाल जनसांस्कृतिक महासंघका बीच एकता भेला सम्पन्न भएको छ । बुधबार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भेलाले हिरामणि दुःखी संयोजक र खेम थपलिया सहसंयोजक रहेको ५५ सदस्सीय कमिटि चयन गरेको छ । सदस्यहरुमा मित्रलाल पंज्ञानी, आदर्श राई, धनेश्वर पोखरेल, ताराकान्त पाण्डेय, असल पाख्रिन, अम्बिका चन्द, बलराम तिमिल्सिना, इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, अनिस योञ्जन, पेमा लामा, श्रीकृष्ण सुलु, रोजन रख्याल, रोहित ढकाल, ढुण्डिराज अधिकारी, गौरी देवकोटा, शित्तल कर्ण, मोदनाथ मरहठ्ठा, पर्शुराम कोइराला, सुशीला थापा, यज्ञबहादुर डाँगीलगाएत रहेका थिए । भेलाले जगदीश चन्द्र भण्डारीको संयोजकत्वमा इस्माली, भवानी पाण्डे, हस्तबहादुर केसी, ईश्वरी ओझा, सरला रेग्मी, प्रभात सापकोटा सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि अध्यक्ष किरण लगायत पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

You can share this post!