राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा बनाउन राप्रपा नेपालको प्रस्ताव

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना पक्षधर शक्तिहरुबीच बृहत राष्ट्रिय मोर्चा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठकले केही समययता राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा भएको प्रदर्शनले जनता विकल्पको खोजीमा रहेको प्रष्ट सन्देश दिएको निष्कर्ष निकालेको छ ।

उसले भनेको छ, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो ।’

समान विचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा लक्ष्य प्राप्ति कठिन हुने भन्दै राप्रपा नेपालले संघीयता खारेजी तथा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने दल तथा समूहहरुलाई राष्ट्रिय मोर्चा बनाउन आह्वान गरेको छ । मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

साभार अनलाइन खबर

You can share this post!