फुटको संघारमा विवेकशील साझा, आफूहरु नै मूल पार्टी भएको पाण्डे पक्षको दाबी

काठमाण्डौ – विवेकशील साझा पार्टी फुटको लयमा अघि बढेको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका संयोजक मिलन पाण्डेलाई निष्कासन गरेसंगै फुटको संघारमा पुगेको जनाइएको छ । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएको थियो । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए । पार्टीका अध्यक्ष मिश्रले १३ साउनमा सार्वजनिक गरेको प्रस्तावलाई व्यक्तिगत मत भनेपनि यसलाई लिएर विवेकशील साझा पार्टी दुई धारमा विभाजित भएको छ । नेता कार्यकर्तामा पार्टीको लाइन राजतन्त्रवादी कि गणतन्त्रवादी भन्ने बहस चर्किएको थियो । विवाद चलिरहेका बेला मिश्र पक्षले केन्द्रीय समितिको भर्चुअल बैठक गर्दै संयोजकको अधिकार खोसेर अध्यक्षलाई बलियो बनाउने गरी विधान संशोधन ग¥यो । साथै संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव पास ग¥यो । मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएपछि पाण्डे पक्ष अठ्यारोमा परेको थियो ।

यद्यपि पाण्डे पक्षले समानान्तर गतिविधि जारी राख्यो । पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले २८ मंसिरमा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । ४ पुससम्म जवाफ दिन भनिएकोमा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ । पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी जारी राखेको र समानान्तर समिति घोषणा गरेको देखिएकाले कारबाही गरेको विवेकशील साझाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

रविन्द्रको विरोधि सिद्धाउने मिसन

साउन ११, २०७४ मा बराबरी हैसियतमा एकीकरणको सम्झौता गरेर पार्टी बनेको थियो, विवेकशील साझा । साझासँग केही चिनिएका अनुहार थिए, विवेकशीलमा आशलाग्दा अनुहार । सिद्धान्त धेरै मिलेका थिए । तर, काम गर्दै जादा बुझाइ अनि गराइमा फरक देखियो । निस्काशनमा परेका पाण्डेले पार्टीको निर्णयलाई ‘दुराशयको पराकाष्ठा’ भन्दै उक्त निर्णयलाई अस्वीकार गर्ने बताएका छन् । उनले मिश्रसंग राजनीतिक चेतनाको कमी भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘रविन्द्र जिसंग राजनीतिक चेतना कम रहेछ । बिचारलाई दवाउने कोसिस गर्नुभयो । अव विचारलाई जोड्दै नयाँ यात्रा तय गर्नुपर्ने भयो । मैले मेरो कारणले पार्टी नफुटोस भनेर धेरै कसरत गरेपनि उहाहरु नै पार्टी फुटाउन लाग्नुभयो ।’

You can share this post!