भोलीको नेपाल बन्द सफल पार्न नेकपा काठमाण्डौ महानगरद्धारा मशाल जुलुश

काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा काठमाण्डाै महानगर समितिद्दारा काठमाण्डाैमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

May be an image of 6 people, people standing, fire and outdoors

नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिका सयाैँ नेता कार्यकर्ताहरूकाे साथमा सिगलबाट निस्किएको जुलुसले ठमेल हुँदै क्षेत्रपाटी अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सङ्घर्षमा उत्रिएको नेकपाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।

May be an image of 3 people and people standing

क्षेत्रपाटीमा मशाल बालेर प्रदर्शन गरिरहेका नेकपा कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजे पनि प्रहरीलाई छक्याएर मशाल बाल्दै प्रदर्शन गरेका थिए ।

May be an image of 7 people, people standing and indoor

You can share this post!