काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २८ र २९ को वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत आज काठमाण्डौ महानगर समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको महानगर समितिले जनाएको छ ।
महानगर समिति सदस्य क. अदृश्यको अध्यक्षता र सञ्चालनमा सुरु भएको कार्यक्रमको प्रमखु आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समितिका ईन्चार्ज क. अविरलले गरेका थिए । दुइवटै वडाको उल्लेख्य एवं भव्य उपस्थितिमा सुरु भएको कार्यक्रममा क. अभियानले स्वागत मन्तव्य राखेका थिए भने नेवा मुक्ति मोर्चा काठमाण्डौका अध्यक्ष तथा महानगर समिति सदस्य क. दिपक मानन्धर र महानगर समिति कार्यालय सचिव क. संघर्षले स्वागत मन्तव्य राखेका थिए ।
भेलाले क. अभियानको नेतृत्वमा वडा नं २८ को १५ सदस्यीय र क. निमाको नेतृत्वमा वडा नं २९ को १५ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ । संगठित सम्पुर्ण कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि क. अविरलले खादा र अविर लगाई भव्य स्वागत गरेका थिए । साथै प्रमुख वक्ताको रुपमा ईन्चार्ज क. अविरलले पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्ने पछिल्लो कार्यनीति प्रगतिशिलहरुको संयुक्त सरकार, संयुक्त सरकारको नेतृत्वमा जनमत संग्रहको बारे विभिन्न कोणबाट व्याख्या, विश्लेषण सहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
नेता अविरलले नेपाल र नेपाली जनताका तमामखाले समस्याको हल गर्न सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकोले आम जनता र सम्पुर्ण पार्टी पंक्तिले एकढिक्का भएर क्रान्तिको पक्षमा उभिनु पर्ने बताए । नेपाली जनताहरु हरेक समयमा क्रान्तिको पक्षमा उभिएता पनि क्रान्तिको नेतृत्व वर्गले जहिल्यै क्रान्तिलाई सम्झौतामा टुंगाइदिने गरेका कारण नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको उनले जिकीर गरे । लगभग विजयको सन्निकट पुगेको माओवादी आन्दोलन पनि प्रचण्ड बाबुरामले बेचिखाएकै कारण आफ्नो पार्टीले ठुलो चुनौति मोलेर क्रान्तिको झण्डा उठाएको भन्दै दलाल संसदीय व्यवस्थाका नाइकेहरुले दिन खोजेका प्रलोभन, अवसर र धम्किलाई रद्धिको टोकरीमा सजाएर अघि बढेको पार्टी र नेतृत्वले जनतालाई कुनै पनि हालतमा धोखा नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रमका थप तस्विरहरु