युवा सङ्गठन नेपाल रूपन्देहीेद्वारा सापकोटा दम्पतीको घर निर्माण कार्य सुरु

बुटवल – नेकपाको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीेले बुटवल उपमहानगरपालिका–१७, सेक्टर नम्बर–१, दुर्गाटोलमा बस्दै आएका अशक्त, असहाय बृद्ध दम्पती ८१ बर्षिय गोपिलाल सापकोटा र श्रीमती मायादेवी सापकोटाको घर निर्माण कार्य सुरु गरेको छ ।

निर्माण कार्यमा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, जिल्ला सचिवालय सदस्य नविन, श्यामलगायतका जिल्ला सदस्यहरू, युवा संगठन नेपालका रूपन्देही जिल्ला अध्यक्ष सन्तोषको नेतृत्वमा युवाको जिल्ला समिति, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगरको नेतृत्वमा विद्यार्थी सदस्यहरू र सरिता बराहको नेतृत्वमा अनेमसंघ क्रान्तिकारीका स्थानीय महिला सदस्यहरूको सहभागीतामा शुक्रबारबाट उक्त निर्माण कार्य सुरु गरेको हो ।

 

You can share this post!