नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडाै – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता सम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) अध्यादेश जारी भएको हो । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत राष्ट्रपतिले  नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिए । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

You can share this post!