गरिब जनताको जिबन

जाजरकोट कुशे सन्दर्भ घायल

बिपत्तिमा गाउँमा जनताको लागि

बोल्ने कोही छैन

आपतमा परेको बेला जनताको भावना

बुझ्ने कोही छैन ।

गरिबको योजना ल्याउने कोही छैन

दलालको ढोका खोल्ने मात्र छन ।

समाजको खेतबारीमा परिवर्तन र

पोखरी ल्याउने कोही छैन

बिरामी बोक्ने इस्टिचर छैन ।

औंषधी मुलो दिने केही नेता भएन

त्यो समाजपन चुलो चौको मजेरी

लौ न साथी हो झोला भर्ने मात्र छन ।

लाटा जनताको भावना साट्ने कोही छैन

समय अनुसार छानो टाल्ने कोही छैन।

राहत दिने कोही छैन

तुलसीको मठ जिबन यात्रामा

नेताका लागि पसिना पुछ्ने गरिब मजदुरलाई

साथ दिने कोही छैन

परिवर्तनको माम दिने कोही छैन ।

साँझ तिरभिर परे पछि

 झिलीमिली बत्ती ल्याउने कोही छैन ।

रुपान्तरण सोच ल्याउने कोही छैन

आली गरा पाइप दिने कोही छैन ।

असारमा रोप्ने बिउ राहत दिलाउने कोही छैन ।

गाउघरमा बुझ्ने कोही छैन

जनताको समस्या बोक्ने कोही छैन ।

गुहार माग्दा पनि गाउँमा सुन्ने कोही छैन ।

फालि हलो ख्याउने गरिब छैन

बाउसे गर्ने सबै बाहिर छन ।

गाउँ बस्तीमा मर्ने बेला बोक्ने छैन

पिलाउने कोही छैन ।

भाषण दिने रमाइन धेरै भए

गाउँमा कति आए कति गए ।

You can share this post!