विप्लव निकट बिद्यार्थि संगठनद्धारा काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) केन्द्रिय समितिले आज काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रज्वल शाही लगायत शहिदहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उल्लेख्य विधार्थि नेताहरुले रक्तदान गरेका थिए । कोरोना महामारीका कारण देश भरिका अस्पतालहरुमा रगतको चरम अभाव भइरहेकोले संगठनले उक्त कार्यक्रमको आयोजना गर्नु परेको संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीबी ढकालले जानकारी गराए ।

रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले अखिल क्रान्तिकारी जनताका हरेक समस्यामा सहभागी हुँदै आएको बताउँदै आगामी दिनमा पनि जनताको विचमै रहेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ४२ जना रक्तदाताले रक्तदान गरेको उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालसँगै संगठनका केन्द्रिय महासचिव प्रकाश शाही, नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाका पुर्व डिसिएस क. विदुषी, अधिवक्ता कपिल पोखरेल, लगायत थुप्रै बिद्यार्थि नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कोरोना महामारीको कठिन परिस्थितिका बावजुद आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रसंशा गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाले अखिल क्रान्तिकारी केन्द्रिय समितलाई सम्मान स्वरुप प्रसंशा पत्र पनि प्रदान गरेको थियो ।

कार्यक्रमका थप तस्वीरहरू

No description available.
No description available.
No description available.
No description available.

You can share this post!