वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडाै – सरकारले जनता समाजवादी पार्टीको माग पूरा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ । तर, त्यस्ता सन्तानका बाबु आमा दुवै नेपाली नागरिक हुनुपर्नेछ ।

बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको स्रोतले जानकारी दियो । जसपाले नागरिता सम्बन्धी महत्वपूर्ण माग पुरा भएको जनाएको छ ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

You can share this post!