राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

हेटौंडा – राष्ट्रियसभा  सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै डा. देवकोटा विजयी भएका हुन् ।

उनी ५०८८ मतसहित विजयी भएका हुन् । बादलले ४०१४ मत पाएका थिए । त्यस्तै कृष्ण तामाङले १३२ मत प्राप्त गरेका थिए । डा. देवकोटाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहको समर्थन पाएका थिए ।

You can share this post!