कांग्रेस नेता ठकुल्लाद्दारा बयलपाटा अस्पताललाइ स्वास्थ्य सामग्री सहयाेग

अछाम – समाजसेवी तथा नेपाली कांग्रेस काठमाण्डौ अछाम सम्पर्क मञ्चका उपाध्यक्ष भक्त ठकुल्लाले बयालपाटा अस्पताललाई १५ थान पिसिई १ हजार गोलोब्स सहयोग गरेका छन् । यस्तै साँफेबगर नगरपालीका ५ नवाठाना छान्ना निवासी धुब्र ठकुल्लाले समेत अस्पताललाई २५ ओटा सेनिटाईजर र ५ सय मास्क सहयोग गरेका छन। मंगलबार नेपाली कांग्रेसका क्षेत्रिय सभापती तथा साफेबगर नगरपालीका ३ सिद्धेश्वरका वडा अध्यक्ष कृष्ण बहादुर बुढाले बयालपाटा अस्पतालका स्वास्थ्य सेवा ब्यवस्थापक हेम बिश्वकर्मालाई ठकुल्ला दोयले सहयोग गरेका सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना महामारी सङ्ग लडिरहेका नागरिकको सेवामा अहोरात्र खटिरहेका अस्पतालका स्वास्थ्यकर्मी हरुलाई लडाइँ सहज होस भन्ने उदेश्यले आफुले सहयोग गरेको उपाध्यक्ष भक्त बहादुर ठकुल्लाले बताए । स्वास्थ्य सामाग्री बुझ्दै अस्पतालका स्वास्थ्य सेवा ब्यवस्थापक हेम बिश्वकर्माले यो महामारीलाई परास्त गर्न नागरिक स्तरबाट अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिए । महामारीलाई परास्त गर्न सबै एकजुट भए मात्रै परास्त गर्न सकिने हुदा सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न ब्यवस्थापक हेम बिश्वकर्माले आग्रह गरे।

You can share this post!